स्वतन्त्र नै किन ?

तपाइलाई थाहा छ । प्रत्येक नेपालीले लगभग ५ हजार शिक्षा र स्वास्थ्यका लागि खर्च गर्दछ । के सरकारलाई दिनदिने करले पोेसेपछि तपाईले शिक्षा र स्वास्थ्यमा खर्च गर्नुपर्ने हो ? जनताको आधारभुत आवश्यता पुरा गर्नुपर्ने जिम्मा सरकार अनि जनप्रतिनिधीको होईन ? सरकारी शिक्षण संस्था र स्वास्थ्य संस्था गुणस्तरीय कसले बनाई दिनु पर्ने हो ? के कम्यिनिष्ट र काग्रेशले २००७ सालपछि १० पटक चुनाव जित्दा जनताका यी आधारभुत आवश्यता बारे सोचे ? हामीले १० पटक कम्यिनिष्ट र काग्रेशलाई चुनाव जिताउदा सम्म देशका जनताले आधारभुत अधिकार प्रयोग गर्न पाएका छैन ? स्वतन्त्र उम्मेदवार पार्टीको छाहरीमा ओत लाग्न पाउँदैन । जनसेवा बाहेक अन्य स्वार्थ बोक्न पाउदैन । त्यसैले देशमा स्वतन्त्र उम्मेदवार चाहेको छ । 

गाउँदेखि शहरसम्म बस्ने प्रत्येक नेपालीलाई सम्मान अधिकार र पहुँचको बिस्तार गर्न स्वतन्त्र उम्मेदवार चाहिएको छ । नोटमा भोट किन्न खोज्ने दलाल पुँजीबाद सोचलाई चिर्नका लागि स्वतन्त्र नेतृत्व चाहिएको छ ।  दशकौं जनतालाई लुटने व्यवस्थालाई चिर्नका लागि स्वतन्त्र नेतृत्व चाहिएको छ । पदको लोभमा पार्टीको गुलामि गर्ने प्रवृति उखाल्न स्वतन्त्र नेतृत्व चाहिएको छ । तपाइले शिक्षा, स्वास्थ्य जस्ता आधारभुत बिषयका लागि पनि गर्नुपर्ने खर्च बचाउनलाई स्वतन्त्र नेतृत्वको आवश्यकता छ । एक भोटका कारण पाउने पाँच बर्षे शास्तीलाई निर्मुल बनाउन स्वतन्त्र उम्मेवारको खाँचो छ । बिगतमा बुवाले रोजेको पार्टी रोजियो अब छोराछोरीले रोजेको नेतृत्वमा बुवालाई गर्वीलो महसुस गराउन देशमा स्वतन्त्र उम्मेदवार चाहिएको छ ।

स्वतन्त्र उम्मेदवारलाई जनताले प्रभावमा बाधेर राख्छ । त्यसैले जनता माँझ बसेर जनताको काम गर्ने प्रतिनिधी छनोट गर्नका लागि स्वतन्त्र नेतृत्व चाहिएको छ । गाउँटोलको मुहार फेर्नका लागि नयाँ नेतृत्व नै चाहिन्छ । बिगतलाई पटक पटक देखेर हामी  बुझिसक्यौं । पैसाको आडमा पार्टीको टिकट तानेर ल्याउने नेतृत्वले रातु खोलाले जनतालाई दिएको दुःख बुझन सकेको छैन । बर्दिबासमा मेडिकल कलेज र सुकुबासीलाई लालपुर्जा बितरणको नाममा भोट भजाउने बाहेक जनताको पीडा बुझेको छैन । जनताले सामान्य खान र लाउनलाई गरेको दुःख बुझ्न सक्ने नेतृत्व अहिले हामीलाई चाहिएको छ ।

जो पार्टी नेतृत्वले दशकौं सम्म दिन सकेको छैन । हामीलाई त्यही समाजका दुःख पीडा बुझेर परिवर्तणको क्रान्तिकारी स्वतन्त्र नेतृत्व चाहिएको छ । समाजका तह तहमा बिधमान आधारभुत समस्याको अवाज उठाउन स्वतन्त्र उम्मेदवार चाहिएको छ । बिचार गरौं त पार्टीले गरेको आन्दोलनहरुमा कसले गोली खानु पर्यो ? कसले रगत बगाउनु पर्यो ? नेतृत्वले लिएको दुश्मनी अर्को पार्टीसंग हुनु पर्ने हो कि समाजमा रहेको गरिबी र असामान्ता संग ? हामीले छान्ने नेतृत्वले सामाजका समस्या संग युद्ध गर्नुपर्छ । अबको नेतृत्वले महोत्तरीको गरिबी संग जोहरी खेल्नुपर्छ ।

मधेश प्रदेशको शुस्त बिकास संग क्रान्ति गनुपर्छ । गरिबी अनि असामान्ता विरुद्ध क्रान्ती लिने नेतृत्वको खोजी गर्नु जरुरी छ । त्यसैले अबको नेतृत्व स्वतन्त्र उम्मेदवरलाई जिम्मा दिनु पर्दछ । त्यसैले त अहिलेका नेता जनता बीच बिधमान असामान्ताको खाल्डोलाई पुर्दै जनमतको महोत्व र जनतागत देखाउनका लागि अब स्वतन्त्र उमेदवारको बिकल्पै छैन ।  

 

सम्बन्धित समाचार