दशैंसंगै मधेशमा क्यासिनोको चर्चा

अमृत कुमार महतो, महोत्तरी । बडा दशैं  नेपालीहरूको महान चार्ड हो । हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं मनाउँछन् । बिजया दशमीका दिन मान्यजनको हात बाट टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ । तर, यहि समयमा मधेशका जिल्लामा चाडपर्वको आरम्भसंगै जुवातास फस्टाउने गर्छ । विजया दशमीको आगमनसंगै जुवातासले धेरै परिवारको उठिबास हुदै आएको छ । त्यसको गम्भीर असर परिवार, स्वास्थ्य उपचार, बालबच्चाको शिक्षादिक्षामा पर्ने गर्दछ ।तर, जुवातास निन्त्रणमा प्रहरी भने चुक्दै आएको घाम जस्तै छङ्र्ग छ । कानुनतहः  जुवातास खेल्न बन्देज छ । प्रहरीकै संरक्षणमा जुवातास र कोडा भने मधेशका जिल्लामा खुलेआम खेलाइन्छ । झन् चाडपर्वको नाममा आयोजन हुने मेला त्यसको बिशेष दृश्य देख्न पाइन्छ । 

मेलाको मुल आम्दनी भनेको घरेलु जाडरक्सी र जुवातास नै हुन्छ । बढी भन्दा बढी रकम संकलन गर्न मेलामा बिभिन्न हतकण्डा अपनाई घरेलु रक्सीको व्यपार र रक्सीजुवातास खेलाउने होडवाजी चल्ने गरेको तराई मधेश साँस्कृतिक अनुसन्धान केन्द्र बर्दिबासका अध्यक्ष राजकरण महतोले बताए । जसलाई मधेशको क्यासिनो भन्दा फरक नपर्ने उनले उल्लेख गरे ।
मधेशका नयाँ पुस्ताका लागि जुवातास प्राथमिकतामा पर्न थालेका छन । यो नौलोपन दूर गर्न न त पुलिस प्रसाशनले प्रयास थालिएका छन्, न त राज्यले नै चासो लिएको पशुपतिनगरका शिक्षक रामजीवन महतोले बताए  । उनका अनुसार बिभिन्न मेलासांस्कृतिक सद्भावको पर्वका रूपमा धुमधामका साथ मनाइने पर्वहरु मधेशमा जुवातास खेल्ने पर्वका रुपमा सीमित हुन थालेको छ । सामाजिक एकता र सद्भाव मात्र होइनन्, धार्मिक मान्यतामा आधारित पर्वहरू पनि जुवातासमा सीमित भइरहेका छन् । 
मेलामा लाखौं करौडौं रुपैयाको एकै रातमा हारजीत हुने गर्छ । महोत्तरी जिल्लामा पनि बिभिन्न मेलाहरुमा जुवातास अबैध रुपमा खेल्ने खेलाउने गरिन्छ । ग्रामिण क्षेत्रको गाउँमा मेला लगाएर ठूलो रकमको खेल हुन्छ । प्रहरीको समवन्यमा जुवातास हुँदा निर्धक्कसाथ खेल संचालन हुन्छ । कतै प्रहरी संगको कनेक्शन बिग्रीएमा जुवातास खेल्ने ठाँउमा प्रहरीले छापा मार्ने गरिन्छ । जुवातासमा नेतादेखि क्रमचारीको समेत सहभागिता रहने गर्छन् ।  

युवाहरु त बाह्रैमास पनि तास खेल्छन् । कामकाजीको हकमा भने विशेष अवसर नै तास खेल्ने मेलो बन्छ । तासका विविध खेलमध्ये म्यारिज, फलास र कलब्रेक बढी खेलिन्छन्, त्यसमध्ये पनि २१ पत्तिको खेल म्यारिज अहिले पहिलो प्राथमिकतामा पर्दछ । त्यसैले दसैं–तिहार नजिकिएसँगै खासगरि मेलामा म्यारिज खेल्ने सल्लाह पनि भैसकेको छ । जुवा खेलले धेरै घरवारबिहीन र कंगाल बनेका छन् । जुवातासकै कारण कतिपय स्थानमा सामाजिक अपराध तथा घरेलु हिंसाका घटना हुने गरेको विवरणहरु बेला बेलामा आउने गरेका छन् । 

सामाजिक अपराध मानिने जुवा अन्तर्गत तास पनि एक हो, तर मधेशमा चाडपर्व, उत्सव तथा मेलामा जुवा धन्दा फस्टाउँदै गइरहेको छ । क्यासिनो कोठाभित्र खेल्ने खेल हो । बन्द कोठाभित्र लाखौ पैसाको हारजीत हुने गर्छ, भने मधेशमा बिभिन्न मेलाको बहानामा युवाहरु रातभर खुल्ला मैदानमै जुवातास खेलेर लाखौ रुपैयाको हारजीत गर्ने गर्छन् ।  

मेलामा प्रहरीको जुवातास नियन्त्रण सम्वन्धी कार्यक्रम अक्कलझुक्कल हुने गर्छ । जसले गर्दा ठुलो मात्रामा जुवातास मधेशको बिभिन्न स्थानमा निर्वाध रुपमा भइरहेको महोत्तरीका नेकपा एमालेका युवा नेता शंकर महतोले बताए । 

‘प्रहरीले अबैध रुपमा मेला वा होटेलमा संचालनमा रहेको जुवातास नियन्त्रणमा प्रभावकारी पहल गर्नुपर्छ’, उनले भने, ‘प्रहरीले आफ्नो सुचना सुत्रलाई बलियो बनाउन जरुरी छ । जुवातासमा शक्तिबालाहरुको सहभागीत भएपनि यसलाई नियमनको दायरामा ल्याउनु पर्छ । जसले गर्दा मौलाउदै गएको जुवातासको गतिविधि न्युनिकरण हुन सकोस् ।’  

मेला वा धर्मको नाममा गैर कानुनी कार्य गर्न रोक प्रहरीले कडाई गरेको दावी गरेको छ । मधेश प्रदेशका प्रहरीका सूचनाअधिकारी महेन्द्र कुमार श्रेष्ठका अनुसार कुनै पनि मेला वा होटेलमा जुवातास खेलेको पाइएमा तुरुन्त कारवाही गर्ने प्रहरी युनिटलाई निर्देशन दिइएको छ । कही कतै त्यस्ता खालको गैर कानुनी कार्य भइरहेको छ भने प्रहरीलाई जानकारी दिनुपर्छ । 

सभार ः मधेश दृष्टि
 

 

 

सम्बन्धित समाचार