विशाल कलश यात्रा


पशुपतिनगर । दुर्गा पुजाको पहिलो दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा महिलाहरु कलश यात्रामा सहभागी भएका छन् । यसैबीच, बर्दिबास नगरपालिकाकी उपमेयर तारा देवी पनि सहभागी भएकी छन् । 

बर्दिबास नगरपालिका वडा नम्वर ९, पशुपतिनगरस्थित घटस्थापनाको अवसरमा बिसाल कलश यात्रा निकालिएको छ । तराइ मधेशका महोत्तरी लगयात धनुषाका विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो । 

पशुपतिनगरमा रहेको दुर्गा मन्दिरको प्राङगढबाट करिब २०० को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले पशुपतिनगरका बिभिन्न भागको परिक्रमा गदै रातू खोलामा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको मेला समितिले बताए । 

हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा तराइका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ । यो पर्वमा प्रतिमाको रुपमा काली,दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजाआजा गर्ने परम्परा रहेको छ । 

पुजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलटुट्टी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म खसी बोकाको बलि एवं नाचगान तथा मेला लाग्ने गरेको छ । अन्तिम दिन मेला बिषर्जन कार्यक्रम गर्ने गरिन्छ । 

 

 

सम्बन्धित समाचार