खोलामा तर्नुपर्ने समस्याबाट मुक्ति

अमृत कुमार महतो, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्वर ९ पशुपतिनगर चारै तिरबाट रातु खोलाले घेरिएको छ । समान्य बर्षा हुँदा पनि एकटोलबाट अर्को टोल पुग्न खोला तर्नुपर्छ ।  खोला तर्न नसक्नेले २ सय ५९ मिटर बाटोको दुरी पार गर्न १० देखी १५ किलोमिटर अर्को बाटो हिँड्नुपर्ने बाध्यता थियो ।

तर खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै  आवतजावत गर्न सहज भएको छ । बर्दिबास नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष घुरण महतोले बताए । मधेश प्रदेशको पुर्वधार विकास कार्यालयको सहकार्यमा वडाकै पशुपतिनगरको बीचमा पर्ने रातु खोलामा झोलुङ्गे पुल निर्माण गर्दा घण्टौँ लाग्ने बाटो १५ मिनटमै छोट्टिएको छ ।

७३ वर्षीय तेजीलाल महतोले झोलुङ्गे पुल बनेपछि धनुषा, महोत्तरी र सर्लाहीका मानिसहरुलाई आवतजावत गर्न सहज भएको बताए । लामो समयदेखि पुल नहुँदा १५ मिनेटको बाटो तय गर्न बर्दिबास घुमेर जादाँ घण्टौं लाग्ने गरेकामा अब सो उनले बाध्यता हटेको सुनाए । सामान्य पानी पर्दा बढी पानी हुने र खोलामा पुल नहुँदा आवतजावत नै बन्द हुँदै आएको स्थानीय रंजीत महराले बताए । उनले भने, स्थानीय बासिन्दाले खोलामा तर्नुपर्ने समस्याबाट मुक्ति पाएको हो ।

२ सय ५९ मिटर झोलुङ्गे पुल ३ करोड २९ लाखको लागतमा निर्माण भएको खम्पाचे काग्री गोर्खा जेभी लिमिटेड काठमाण्डौका इन्चार्ज मोहन प्रसाद यादवले जानकारी दिए ।  ’सो खोलामा पुल बनेपछि स्थानीयले खुशी व्यक्त गरेका छन,’ उनले भने ’बाढीे आएको बेला आवतजावत गर्न कठिन हुने गरेको थियो ।

सम्बन्धित समाचार