मल बितरण सहज


अमृत कुमार महतो, बर्दिबास ।
महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरमा किसानहरुका लागि मल बितरण कार्य सहज बनेका छन् ।
स्थानीय पशुपति जन उपभोक्ता कृषि सहकारी संस्थाले बिहिबार बिहान ७ बजे वडाको सिफारीसमा मल बितरण गर्ने सुचना जारी गरेपछि कृषकहरुलाई मल लिन सहज बनेका हुन् ।
बिहान ७ बजेदेखि लाइन लागेका किसानले वडाको सिफारिसमा कुपन पाउने किसानले २० किलो युरिया र २० किलो डिएपी मल प्राप्त गरेको हो । ३ सय किसानलाई उक्त परिमाणमा मल प्राप्त भएको वडा अध्यक्ष घुरण महतोले बताए ।
लाइनमा २ सय ५० भन्दा बढी किसानहरु दोस्रो लटको कुपन प्राप्त गर्दै घर फर्किएका छन् । युरिया मल प्रति केजी २० रुपैयाँ र डिएपी ५० रुपैयाँमा किसानलाई उपलब्ध गराइएको छ ।