मल बितरण सहज

अमृत कुमार महतो, बर्दिबास । 
महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरमा किसानहरुका लागि मल बितरण कार्य सहज बनेका छन् । 

स्थानीय पशुपति जन उपभोक्ता कृषि सहकारी संस्थाले बिहिबार बिहान ७ बजे वडाको सिफारीसमा मल बितरण गर्ने सुचना जारी गरेपछि कृषकहरुलाई मल लिन सहज बनेका हुन् । 

बिहान ७ बजेदेखि लाइन लागेका किसानले वडाको सिफारिसमा कुपन पाउने किसानले २० किलो युरिया र २० किलो डिएपी मल प्राप्त गरेको हो । ३ सय किसानलाई उक्त परिमाणमा मल प्राप्त भएको वडा अध्यक्ष घुरण महतोले बताए । 

लाइनमा २ सय ५० भन्दा बढी किसानहरु दोस्रो लटको कुपन प्राप्त गर्दै  घर फर्किएका छन् । युरिया मल प्रति केजी २० रुपैयाँ र डिएपी ५० रुपैयाँमा किसानलाई उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचार