महोत्तरीमा घुस बिना हुदैन जिल्लान्तर सरुवा

महोत्तरी पोस्ट, महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकामसमेत रहेका जलेश्वरस्थित शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयले सरुवा मिलाईदिने भन्दै शिक्षकसँग लाखौ रकम माग गरेको तथ्य फेला परेको छ । इकाइ कार्यालयका विद्यालय प्रशासन फाँटका कर्मचारी विजय रायले जिल्लान्तर सरुवा मिलाईदिने भन्दै एकजना शिक्षकसँग १ लाख २५ हजार घुस माग गरेको तथ्य फेला परेको हो ।


नाम गोप्य राख्ने शर्तमा शिक्षकले भने,‘मागे जति पैसा दिनु बाध्यता भएको छ, इकाइ कार्यालय प्रमुख र कर्मचारीकै सेटिङबाट भ्रष्टाचार हुने गरेकोे छ ।’ म हप्तौदेखि सरुवा पत्र लिन कार्यालय धाइ रहेको छु तर सुनवाइ भइरहेको छैन । अघोषित घुसको दर तह र सुगम स्थानका आधारमा १ लाख देखि २ लाख सम्म माग्न थालेको छ । उनले भने,‘ हुन त शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयमा भ्रष्टाचार हुदै हुदैन भनेर कसैले पनि भन्न सक्ने ठोस आधारहरु पनि बन्न सकिरहेका छैनन ।

महोत्तरीको शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयमा कमिशन र घुसखोरीको मात्रा केहि कमबेसी हुनसक्छ तर यी कार्यहरु हुँदै हुदैनन् भन्नु आफैले आफैलाई अन्याय गर्नु सरह हुनेछ ।’ कार्यालयले जिल्लान्तर सरुवाको लागि दस्तुर ७ हजार तोकेको छ ।  

नेपालमा भ्रष्टाचारका अनेकन रुपहरु छन् । ती रुपहरुमध्ये शिक्षकको सरुवामा रकम असुल्ने अर्को रुप हो । यो पनि भ्रष्टाचार नै हो । बौद्धिक वर्गमाथि भएको शोषण हो । यसको अन्त्य गर्न सम्बन्धित निकाय चनाखो हुनु पर्ने शिक्षाप्रेमीहरु बताउछन् । ‘यो भ्रष्टाचार हो, यसलाई नीतिगत रुपमा नै रोक्नु आवश्यक छ ।’ ‘विगतको परम्पराकै निरन्तरता हो यो, यसलाई समयमै रोक्न सकिएन भने विकराल रुप लिन सक्छ ।
 

घुस मागेको अडियो किलिप्स ः 

https://fb.watch/dBYWUeAf42/

 

 

 

 

सम्बन्धित समाचार