थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ। 

देशभर गरिएको १ हजार ९ सय १५ पीसीआर परीक्षणमा  ७ जना र १ हजार १ सय ५५ एन्टीजेन परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै, थप १० संक्रमित डिस्चार्ज भएका छन्। नेपालमा १ लाख ६७ हजार १ सय ८१ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचार