‘नागरिकको अपेक्षा मेरो प्राथमिकतामा छ’

हाम्रा नागरिकहरुले भोग्ने हरेक किसिमको जनजीवनको अनुभुती मैले गरेको छु

तस्विर ः अमृत कुमार महतो


लामो समयदेखि सामाजिक कार्यमा क्रियाशिल व्यक्तित्व हुन्, महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष पदम आले । आफ्नो टोल, समाजमा आइपर्ने हरेक दुःख, पीडामा सारथी बनिरहने आले गएको स्थानीय निर्वाचनमा जनप्रतिनिधिको रूपमा चुनिएका छन् । आले नागरिकहरुको आर्थिक, सामाजिक, शैक्षिक रुपान्तरण एवम् पर्यावरणीय हितलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई अगाडी बढाईरहेका छन् । सशक्त युवा नेता तथा समाजसेवीको छवि बनाएका आलेसँग  पत्रकार अमृत कुमार महतोले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ः 

तपाईं जनप्रतिनिधि हुनु अगावै पनि सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । सामाजिक काम गर्न जनप्रतिनिधि हुँदा कस्तो अन्तर पाउनुभयो ?
—पक्कै पनि म लामो समयदेखि सामाजिक कार्यमा क्रियाशिल छु । हाम्रा नागरिकहरुले भोग्ने हरेक किसिमको जनजीवनको अनुभुती मैले गरेको छु । जनप्रतिनिधि नहुदा अलि कम जिम्मेवारी हुन्थ्यो तर जनप्रतिनिधि भएपछि स्वाभाविक रूपमा नागरिकहरुलाई अपेक्षा धेरै हुन्छ त्यसैले पनि कसरी नागरिकहरुको अपेक्षा परिपुर्ति गर्न सकिन्छ भन्ने कुरा मात्र मनमा रहन्छ । जनप्रतिनिधि भएपछि अति व्यस्त भएको छु । जनप्रतिनिधी र समाजसेवीमा धेरै फरक छ । 

शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउन कस्तो योजनाहरु छ  ?
—हाम्रो वडामा जम्मा चार वटा विद्यालय पर्छ । मावि तहको दुइ वटा विद्यालय छ । शिक्षा क्षेत्रको सुधारको लागि संघीय सरकार, प्रदेश सरकारले पनि सहयोग गरेको छ ।  नगरपालिकाले ठुलै सहगोग गर्दै आएको छ । कृषि कलेजको भवनहरु निर्माण भइरहेको छ, १८ महिनामा भवन तयार गरेर दिने सम्झौता छ, तर ठेकदारको लापर्वाहीले गर्दा समयमा तयार हुन ढिलाइ भएको हो । कृषि कलेजमा स्थानीय विद्यार्थी शिक्षा हासिल गर्न नपाएकोले दुःख लागेको छ । यहाँ बढी  बिद्यार्थी भाइबहिनीहरु कमर्स लिएर पढने गर्दछन् । हाम्रै गाउँठाउमा अन्य जिल्लाका भाइबहिनी पढीरहेको छ । तर यहाँको स्थानीय बिधार्थीमा रुची छैन ।  शिक्षा सुधारका लागि बजेट विनियोजन गरेको छु । हामीले पनि निजि तथा सामुदायिक दुबै शैक्षिक संस्थाहरुको गुणस्तरीय शिक्षा सञ्चालनको योजना बनाएका छौँ । प्रविधिको क्षेत्रमा हामीले वडाबाट प्राप्त गरिने सेवालाई डिजिटल माध्यमबाट प्रदान गर्नेबारे पनि गहन रूपमा गृहकार्य गरिरहेका छौँ ।

अहिले जताततै खानेपानीको समस्याहरु देखिएको छ, तपाइको वडामा के छ अवस्था ?
—हाम्रो वडा खासै खानेपानीको समस्या छैन । साविकको वडा ७, ८, र ९ मा गोरखा वोएल केयर ट्रस नेपालको लगानीमा ओभरहेड टंकी निर्माण गरेर शुद्घ खानेपानी खुवाउँदै आएको छु । सबैको घर–घरमा धारा छ । वडाभित्र केही ठाउँमा पहाडको जरुवा पानी खाने गरेको छ । सबैको घरमा धारा छ तर  अहिले मुहान सुकेर गएको हुँदा खानेपानीको समस्या भएको हो । समस्या हुने ठाँउमा वडाबाट निर्माण भएको इनारले राहत पाएको छ । 

यहाँ किसानहरुको लागि सिचाई कतिको सहज छ ?
—सिचाइका लागि व्यापक रुपमा इनार बितरण गरेको छु । कमला सिचाइ व्यवस्थापन कार्यालयबाट पहल गरेर तीन वटा डिप बोडिङ्ग निर्माण भएको छ । केही दिनमै संचालन हुनेछ । एउटा डिप बोडिङ्गले ६० बिघा जग्गामा सिचाइ गर्न मिल्छ । बोडिङ्ग संचालनमा आइसकेपछि किसानको समस्या टरेर जान्छ । 

तपाइको वडामा सडकहरुको अवस्था कस्तो छ ?
—स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसंग मिलेर सडक पुर्वाधारको विकास भएको छ । सडक पुर्वाधारको कुरा गर्दा खेरी अहिले हाम्रो वडामा ८० प्रतिशत मुख्य सडक पिच भैसकेको छ भने, बाँकी स–सना कच्ची सडकहरु २० प्रतिशत छ । भिषम खडकाको घर हुदै साविक वडा नम्वर ९ जोड्ने सडक त्यसतै बस्ती नभएपनि बदिया टोल जाने मुल सडक भएकाले सडक ढलानका लागि केन्द्रमा सिफारीस गरेर पठाएको छु । हामीले सडक पुर्वाधारको बिषयमा अपजस व्यहोर्नुपर्ने कुनै कारण देखिएको छैन् । हामीले सडक ढलानको कामहरु अगाडी बढाइ सकेका छौ । बजेटका लागि नगरपालिकाका मेयरसंग पनि कुरा गरेर दबाब सृजना गरिरहेका छौँ ।

लामो समयदेखि उठिरहेको रातु खोलाको पक्की पुलको पहल कहाँसम्म पुगेको छ ? 
—तपाईले खोलाको अवलोकन गर्नुभयो । बर्षातमा खोला आउदा हामी वडा पुग्न बर्दिबास पुगेर धनुषाको लालगढ हुदै जानु परेको छ । रातु खोलाले जनप्रतिनिधी र जनता दुबैलाई दुःख दिएको छ । खोलाको पश्चिम कृषि कलेज र पुर्व जनहित नन्दलाल विद्यालयमा डिपलोमा संचालन छ ।  सेवाग्रही पनि घुमेर जानु परेको हुन्छ । यसैलाई मध्येनजर गर्दै २०७४–०७५ सालमा पुर्व मेयर विदुर कुमार कार्कीले पक्की पुलको डिपिआर र मास्टरप्लान गराएर प्रदेश सरकारलाई पठाएको थियो । तर प्रदेश सरकारको एस्टीमेट अनुसार बढी लागत लाग्ने भनेपछि मेयर कार्कीले केन्द्र सरकारलाई एस्टीमेटको डेकुमेन्टहरु पठाएका थिए । त्यति बेला पुलको काम ओझेलमै बस्यो । म दोस्रो पटक निर्वाचित भइसकेपछि भौतिक तथा पुर्वाधार मन्त्रालयमा पक्की पुलको लागि माइनेट बनाएर नगरपालिको सिफारीस सहित केन्द्रमा पु¥याएपछि यसपलि पुल पर्छ भन्ने कुरा बुमmेको छु । पुल निर्माण भयो भने सबैलाई आवतजावत गर्न सहज हुन्छ । 

पक्की पुल परेन भने के गर्नुहुन्छ ?
—पुलको माफदण्ड हुन्छ, एउटा पुल ५ किलो मिटरभित्रमा प¥यो भने पुल निर्माण हुदैन । मैले झुलुङ्गे पुलको एस्टीमेट गराएको थिए, ‘‘गोरखा वोएल केयर ट्रस नेपाल’’ एनजियोले निर्माण गर्छु भन्नु भएको थियो । पछि यसै ठाँउ पक्की पुल पर्ने सम्भावना देखेपछि झुलुङ्गे पुल रोका भएको हो । पक्की पुलको लागि भौतिक तथा पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले फाइल अगाडी बढाई दिनुभएको छ । मन्त्री परिषदले पनि सदर गरिदिएको छ । यसपालि बजेट पर्छ । 

सामाजिक सुरक्षा भत्ता घर घरमा पु¥याउन कतिको पहल प्रयास गरिरहनुभएको छ ? सम्भव छ, छैन ?
—हामीले घर–घरमा पु¥याउने व्यवस्था गरेको छैन । बैंकबाट नै दिने काम भईरहेको छ । कुनै सेवाग्रही थाला परेर बसेको छ भने, उहाँहरुको आफन्त छोरा अथवा छोरीलाई वडाले सिफारिस दिएपछि बैंकले झुक्तानी गरिदिन्छ । वडाले घर–घर गएर दिन थाल्यो भने अनियमितता हुने सम्भावना हुन्छ । किन भने, कति व्यक्तिको मुत्यु भएर पनि वडालाई जानकारी हुदैन । लागत कट्टा भएको हुदैन । लिस्टमा नाम रहिरहन्छ र घर–घरमा पु¥याउने व्यक्तिले अनियमितता गर्छ । हामी त्यसैले बैंक मार्फत भुक्तानी गर्छौ । साथै हाम्रा वृद्ध बा आमाहरुको निशुल्क स्वास्थ्य जाँच पनि गर्नेछौँ ।

तपाईको वडा कार्यालयको भौतिक सरचनाको अवस्था के छ ? भाडामा छ या आफ्नै ?
—वडाको आफ्नै भवन छ । २०४६ सालमा निर्माण भएको भवन हो । त्यतीखेर पन्चायत कार्यालय थियो । पन्चायत भवन पनि भन्ने ग¥थे । पुरानो भएपछि जीर्ण भएको छ । वडा कार्यालयको आफ्नै जग्गामा ५० लाखको लागतमा अहिले नयाँ भवन निर्माण भइरहेको छ । अषाढ २४ गतेसम्म भवन तयार हुने ठेकेदारले बताएको छ । 

तपाईं लामो समयदेखि संस्कृति संरक्षणमा क्रियाशिल हुनुहुन्छ, सांस्कृतिक रुपले वडालाई कसरी सिगार्दै हुनुहुन्छ ?
—हो, म लामो समयदेखि संस्कृति संरक्षण अभियानमा छु । हाम्रो संस्कृति, सभ्यता नै हाम्रो सम्पत्ति हो, हाम्रो पहिचान हो । हामीले वडामा तीन वटा मन्दिरहरुको निर्माण लगभग सम्पन्न गरिसकेका छौँ । हाम्रो वडामा अब एक गरिव एक आवास बनाउने सोचमा छु । धेरै जसो गरिबको अवास निर्माण भइसकेको छ । साथै हाम्रा शैक्षिक संस्थाहरुमा पठनपाठनलाई प्रभावकरी बनाउन प्रोत्साहन गर्छौं ।

व्यवसाय गर्ने तथा अन्य धेरै नागरिकहरुमा विभिन्न किसिमका समस्याहरु हुनसक्छ, त्यसखाले समस्याहरुको समाधानको लागि केहि कार्यहरु गर्नुभएको छ ?
—विभिन्न नागरिकहरुको समस्या सुन्न हामीले त्रैमासिक रूपमा टोल भेला आयोजना गर्ने निति लिएका छौँ । व्यवसाय गर्ने नागरिकहरु एवम् व्यवसाय स्थगित गरेर बस्नुभएका नागरिकहरुलाई लक्षित गरि सिप मुलक तालिमको व्यवस्था मिलाएका छौ । महिला दिदिबहिनीलाई तालिम मार्फत आत्मनिर्भर बनाउदै गएका छौ । युवाहरुको लागि छुटै सिपमुलक तालिमको व्यवस्था मिलाएको छु । युवायुवतीहरुले सामुहिक केरा खेती, तरकारी लगायतका खेती सुरु गरिसकेको छ । २० देखि २५ प्रतिशतसम्म कर छुटका कार्यक्रमहरु ल्याएका छौँ ।

पर्यावरणीय असुरक्षाको प्रश्न यहाँ पटकपटक उठ्छ, यसको समाधानको लागि के गरिरहनुभएको छ ?
—वातावरणलाई सफा, स्वच्छ एवम् सन्तुलित राख्नु हाम्रो कर्तव्य हो, जिम्मेवारी हो । त्यसको लागि नगरपालिकाको वातावरण शाखासँग समन्वय गरेर वृक्षरोपण लगायत वातावरणिय सुरक्षाका विविध कार्यहरु गरिरहेका छौँ । समस्या कहाँ छ भने हाम्रो वडामा कृषियोग्य जग्गा बढी मात्रामा छ । तर मसालाको बोटले कृषियोग्य जग्गालाई क्षती गरिहेको छ । यसका लागि आवश्यक छलफल गरेर नियन्त्र गर्ने प्रयासमा छु । 

अन्तमा जनता सामु केही कुरा राख्न चाहनु हुन्छ ?
—मेरो कुरा व्यक्त गर्ने अवसर प्रदान गर्नु भएकोमा तपाईको संचारलाई हार्दिक धन्यवाद । यसै गरि मलाई अत्यधिक मतले बिजय गराउनुहुने सम्पुर्ण वडा बासीलाई हृदयदेखिनै अभार व्यक्त गर्न चाहन्छु । 

सम्बन्धित समाचार