बिल्डिंग इलेक्ट्रीशियन तालिम समापन

अमृत कुमार महतो , महोत्तरी । तीन महिनादेखि महोत्तरीको बर्दिबास नगरपालिका–९, पशुपतिनगरमा संचालित ३ सय ९० घण्टे बिल्डिंग इलेक्ट्रीशियन सम्बन्धी तालिम सोमबार समापन भएको छ । 

नेपाल युथ फाउण्डेसनको आर्थिक सहयोग र वडाकार्यालयको पहलमा वडाका बेरोजगार युवाहरुलाई बिल्डिंग इलेक्ट्रीशियन सम्वन्धी चुनौती र समाधानका विषयमा जानकारी गराई बेरोजगार समस्यालाई सफल बनाउन सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।

बेरोजगार युवा–युवतीहरुकोे सहभागिता रहेको तालिको समापन  कार्यक्रमका सभाध्यक्ष तथा वडाका अध्यक्ष घुरन महतोले अहिलेको बर्तमान परिवेशमा धेरै युवाहरु बैकल्पिक बाटो खोज्दै खाडि मुलुकहरुमा गएर बिना सिपका कारण  ठगिनु परेको र अनाहकमा ज्यान  गुमाउनु पर्ने परिवेशलाई यस सिपले रोक्ने र आफ्नै देशमा युवाहरुले रोजगारी गर्नमा थप मद्त पुग्ने बताए । उनले भने,‘ सहभागीहरुले सिकेको सिपलाई सहि सदुपयोग गरे मात्र तालिमको औचित्य पुरा हुनेछ ।’ 

राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला विद्यालयका प्रधानाध्यापक हरिदेव महतोको प्रमुख आथित्यमा सम्पन्न समापन कार्यक्रमा नेपाल युथ फाउण्डेसन नेपालकी व्यवस्थापक लक्ष्मी घिमिरेले सहजिकरण गरेको थिए । 

कार्यक्रममा तीन महिने बिल्डिंग इलेक्ट्रीशियन तालिमा २१ जना भाग लिएका सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

 

सम्बन्धित समाचार