वडा अध्यक्षले गरे बार्षिक परिक्षाको अनुगमन

मनोज महतो, पशुपतिनगर । महोत्तरीको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका वडा अध्यक्ष घुरन महतोले आफ्नो वडाको दुई वटा विद्यालय अनुगमन गरेका छन् । 

वडा अध्यक्ष महतोले पशुपतिनगरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला र दुर्गा मावि पथलैयामा अनुगमन गरेका हुन् । 

विद्यालयमा संचालित बार्षिक परिक्षाको वडा अध्यक्षले अनुगमन गरेका थिए । शिक्षकशिक्षिका तथा विद्यार्थीको अनुसाशन लगायतका बिषयमा अनुगमन गरेको विद्यालय स्रोतले जानकारी दिए ।

परिक्षामा कुनै किसिमको लापरर्वाही नगर्न प्रअ हरीदेव महतोलाई वडा अध्यक्ष महतोले निर्देशन दिएका थिए । छिटै विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सुरु गर्न निर्देशन पनि दिएका थिए । विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकेको डेढ महिना पुगेको छ ।

त्यसै गरी वडा अध्यक्ष महतोले सोही वडामा रहेको दुर्गा मावि पथलैयालाई पनि अनुगमन गरे । अनुगमनको क्रममा बार्षिक परिक्षालाई प्रभावकारी बनाउन शिक्षक–शिक्षिकालाई वडा अध्यक्ष महतोले निर्देशन दिएका छन् । 

सम्बन्धित समाचार