समन्वयन समिति धनुषाको चुनावमा नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित

जनकपुरधाम ः जिल्ला समन्वयन समिति धनुषामा नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वयन समितिका प्रमुख, उपप्रमुखसहित सदस्यहरुको मनोनयन दर्ताको समय रहेकोमा ९ जनाको मात्र उम्मेदवारी परेको हो ।
प्रमुखमा राजनन्द मण्डल राज, उप–प्रमुखमा संगिता देवी ठाकुरको मात्र उम्मेदवारी परेको हो। यस्तै सदस्यहरुमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापा मगर, फगु यादव, महिला सदस्यहरुमा गितादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित वा अल्पसंख्यक सदस्यमा महेन्द्र महतोले मात्र उम्मेदवारी दर्ता गराएको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उनले जिल्ला समन्वयन समितिका लागि ९ जनाको पद अनुसार उम्मेदवारी परेको बताए। यद्यपी उनीहरुलाई अहिले निर्विरोध घोषणा नगरिएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

सम्बन्धित समाचार